पुटिन र बाइडेनबीच फोनवार्ताः युक्रेनमा आक्रमण गरे ‘निर्णायक’ जवाफ दिने बाइडेनको चेतावनी

१ फागुन, एजेन्सी ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनवार्ता भएको छ ।

युक्रेनको विषयलाई लिएर दुई देशका प्रमुखबीच एक घण्टा लामो कुराकानी भएको हो । कुराकानीमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा आक्रमण गरे वाशिङ्टन र यसका सहयोगीले ‘निर्णायक’ जवाफ दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै कुटनीतिक रुपमा समाधान खोज्न अमेरिका तयार रहेको पनि बाइडेनले बताएका छन् । क्रेमलिनले पनि फोनवार्तालाई सकारात्मक रुपमै लिएको जनाएको छ । अमेरिकी अधिकारीहरूले पुटिनको अन्तिम मनसायबारे आफूहरु प्रष्ट हुन नसकेको बताएका छन् ।

Advertisement

फोनवार्तापछि अमेरिकी वरिष्ठ प्रशासन अधिकारीले रूसले सैन्य कारबाहीमा अगाडि बढ्न सक्ने स्पष्ट सम्भावना रहेको र त्यो दृष्टिकोणमा कुनै आधारभूत परिवर्तन नभएको प्रतिक्रिया दिएका छन् । रुसले युक्रेन सीमा क्षेत्रमा एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेपछि विवाद बढेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top