Nepal Times
Nepal Times
3
Shares

काठमाडौँको ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज, रोकिएका गाडी सुचारु

काठमाडौँको ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज, रोकिएका गाडी सुचारु

६ फागुन, काठमाडौँ । सेनाको बम डिस्पोजल टोलीले काठमाण्डौको ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज गरेको छ ।

बिहान दुई वटा जेब्रा झोलामा भेटिएको शङ्कास्पद वस्तु केहीबेर अघि सेनाको टोलीले डिस्पोज गरेको हो । बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । शङ्कास्पद वस्तु प्रेसरकुकर बम भएको आशङ्का गरिए पनि सार्वजनिक गरिएको छैन ।

शङ्कास्पद वस्तु डिस्पोज गरेसँगै बिहानदेखि रोकिएका गाडी अहिले चल्न थालेका छन् । बिहान यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको थिएन । लामो समयसम्म गाडी रोकिएकाले कलङ्की, कालीमाटी, थानकोट लगायतका क्षेत्रमा गाडी चापमा चलिरहेका छन् ।

काठमाण्डौसँगको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुटमा हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन्। बिहानैदेखि यो नाकामा सुरक्षा जाँचलाई कडा पारिएको थियो । शङ्कास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.