×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

रकम हिनामिना प्रकरणः सप्तकोशी बैंकका तत्कालीन सिईओसहित १२ जनाविरूद्ध मुद्दा दायर गर्ने तयारी

६ फाल्गुन २०७८

६ फागुन, मोरङ । सप्तकोशी डेभलपमेन्ट बैंकमा भएको १५ करोड ७५ लाख बढी रुपैयाँ हिनामिना प्रकरणमा बैंकका तत्कालीन सिईओसहितका १२ जनाविरूद्ध मुद्दा दायर हुने भएको छ ।

मोरङ प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। सरकारी वकिलको कार्यालयले तत्कालीन सिइओ नविन सुवेदीसहितका १२ जनाविरूद्ध मुद्दाको तयारी गरेको हो।

Advertisement
Advertisement

अभियोजन आजसम्म पूरा गर्ने र आइतबार उच्च अदालत विराटनगरमा बैकिङ कसुर मुद्दा दायर गरिने सरकारी वकिल कार्यालय विराटनगर स्रोतले जनाएको छ।

तत्कालीन सिइओसहितका कर्मचारीकै मिलेमतोमा भएको सप्तकोशी डेभलपमेन्ट बैंक हिनामिना प्रकरणमा सिइओ एक्लैले १४ करोड भन्दाबढी रकम अपचलन गरेको भेटिएको छ।

विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको थियो। त्यसमा सबैभन्दा बढी रकम तत्कालीन सिइओ नवीन सुवेदीले लिएको खुलेको छ।

सुवेदीले दिदी नाता पर्ने झापा दमक नगरपालिका १३ घर भएकी ४३ वर्षीया बविता बस्नेतको खाताबाट फरक–फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७ सय ३५ रुपैयाँ झिकेर हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार उनले सन् २०१६ यताको ६ वर्षमा १४ करोडभन्दा बढी रकम आफैले चलाएको देखिन्छ।

तत्कालीन सिइओ नविन सुवेदीको नाता पर्ने बबिता बस्नेत, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, अपरेसन प्रमुख अमित थापा मगर, कमल दाहाल, मनोज भट्टराई र चुडाबहादुर निरौलाको नामको खाताबाट रकम अपचलन गरेको देखिएको छ। सिइओ सुवेदीको नातामा भान्जा पर्ने हिमाल भट्टराईले विभिन्न मितिमा चार पटक रकम झिकेको देखिएको छ।

बैंकको रकम घोटला गरेको प्रहरीमा उजुरी दिएपछि १९ मंसिरमा बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए। भट्टराई पक्राउ परेपछि १४ पुसमा सिइओ सुवेदीसहित बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका थिए। एक हप्ता अगाडि रामेछाप घर भई विराटनगरमा बस्दै आएका ३० वर्षीय होमप्रसाद पौडेल पनि पक्राउ परेका छन्।

सरकारी वकिलको कार्यालयले ७ जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ताको तयारी गरेको छ। पक्राउ परेका पाँच र फरार बनाएर ७ जना गरी १२ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ताको तयारी गरिएको हो।

फरार प्रतिवादी बनाएर बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकका कार्यालय सहयाक पदबाट राजिनामा दिएका निश्चल सुवेदी, बबिता बस्नेत, कमल दाहाल, मनोज भट्टराईलाई लगायतलाई मुद्दा दर्ताको तयारी गरेको अदालत स्रोतले जानकारी दिएको छ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top