इन्धन आपूर्ति गर्न रकम अभाव भएको श्रीलंका सरकारको घोषणा

१० फागुन, एजेन्सी । श्रीलंका सरकारले इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा गरेको छ ।

श्रीलंकामा इन्धन स्टेशनहरु सुख्खा भएको हो। हाल बेलाविदेशी मुद्राको सञ्चिती समेत शून्य भएपछि श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेकोछ ।

श्रीलंका केही समय यता आर्थिक मन्दीमा फस्दै आएको छ । श्रीलंकाका उर्जामन्त्री उदय गम्मनपिलाले दुई पटक इन्धन आईपुगे पनि त्यसको ढुवानीको रकम भुक्तानी दिने पैसा समेत नभएको बताएका छन् ।

गत साता त्यहाँको सरकारी रिफाइनरी सिलोन पेट्रोलियम कर्पोरेसनले इन्धन आपूर्तिका लागि रकम नभएको बताएको थियो । सो संस्थाको २०२१ मा मात्रै साढे २१ करोड डलर ऋणमा रहेकोछ । यो संकट समाधानका लागि तेलको भन्सार दर कटौती गर्ने वा चर्को मूल्य वृद्धि गर्नुभन्दा अर्को विकल्प नरहेको बताइएको छ ।

गत महिना भारतले श्रीलंकालाई ९० करोड डलर उपलब्ध गराएको थियो भने ४० हजार मेट्रिक टन तेल पनि दिएको थियो । आर्थिक मन्दीको असर अरु क्षेत्रमा पनि पर्नथालेको छ ।

खानेकुरासहित अन्य अत्यावश्यक वस्तुहरुको पनि अभाव चुलिन थालेको छ भने मुद्रास्फिति दर २५ प्रतिशत माथि पुगिसकेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top