Nepal Times
Nepal Times
3
Shares

मनाङमा ठेकेदारले छ वर्षसम्म पनि पुल नबनाएपछि स्थानीय आफैँले बनाए काठको पुल

मनाङमा ठेकेदारले छ वर्षसम्म पनि पुल नबनाएपछि स्थानीय आफैँले बनाए काठको पुल

१० फागुन, मनाङ । मनाङमा ठेकेदारले छ वर्षसम्म पनि पुल नबनाएपछि स्थानीय बासिन्दा आफैँले काठको पुल बनाएका छन् ।

छ वर्षअघि असारमा द क्याराभान कम्पनीले दूधखोलामा पुल निर्माण गर्ने ठेक्का पाएको थियो । तर ठेक्का लिएर वर्षौँसम्म काम नगरि ठेकेदारले आलटाल गरेर झुलाइदिएपछि स्थानीय बासिन्दा आफैँले खोलामा काठको पुल बनाएका हुन् । एक वर्षभित्रै सक्ने गरी ठेक्का लिएको योजना अहिलेसम्म अलपत्र छ ।

क्याराभानले मृत सञ्जीवनी र खड्का कृष्ण जेभीमा काम गर्ने सम्झौता गरेको छ । जिल्लाको थोँचेबाट तिल्चे हुँदै उत्तरी छिमेकी देश चीन जोड्ने सडकमा पर्ने यो पुल २०७३ साल असारमा ठेक्का लागेको थियो । २०७४ साल साउनमा सक्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म काम भएको छैन ।

पुल बनाउन चारपटक म्याद थप भएको छ तर काममा प्रगति छैन । क्याराभानले नै २०७३ साल असारमा ठेक्का लिएको चार करोड ५७ लाख रुपैयाँको हुम्डे पुलसमेत अलपत्र छ । मर्स्याङ्दी नदीमाथि हुम्डेमा पुल बनाउन तत्कालीन जिल्ला विकास समितिले २०७३ कै असारमा बोलपत्र आह्वान गरेको थियो ।

जिल्लाका सबै योजनाको अनुगमन गर्ने अधिकार पाएको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले कम्पनीले ठेक्कामात्रै ओगटेर काम नगरेको बताए । ठेकेदारविरुद्ध पटक–पटक उजुरी गर्दा पनि कारबाही नभएको उनको गुनासो छ । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.