दाङ तुलसीपुरबाट अपहरण तथा शरीर बन्धक आरोपमा पाँच जना पक्राउ

१० फागुन ७८, बुधबार

११ फागुन, दाङ । दाङको तुलसीपुरमा अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

Advertisement

तुलसीपुर ३ बस्ने निशान शाही ठकुरी, त्यही वडाको गहते बस्ने सुमित भण्डारी,वडा नम्वर ९का प्रेम डाँगी, त्यहीँ ठाउँका दुर्गेश शर्मा र वडा नम्वर ८ का कमल विकलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न रहेका भनिएका तुलसीपुर ८ नयाँबस्ती २० वर्षीय विशाल सुनार भने फरार भएका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवं डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

Advertisement

उनीहरुमाथि अस्ति सोमवार बेलुका तुलसीपुर ३ दमारगाउँको जंगल नजिकैबाट सल्यान बागचौर नगरपालिका ९ घर भई अहिले तुलसीपुर ९ बेलुवामा कोठाभाडा लिएर बस्दै आएका १९ वर्षीय ललित वली र रमन डाँगीलाई कुटपिट तथा अपहरण गरेको आरोप लागेको छ । घटनाको अनुसन्धान भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top