हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौंः सुवास नेम्वाङ

Share this
640shares

१५ फागुन, काठमाडौँ । नेकपा एमालेले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ ।

Advertisement

सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । तर एमसीसी अनुमोदनका लागि हुने संसदीय प्रक्रियामा सहभागी हुने वातावरण सत्ता गठबन्धनले नबनाएका कारण एमालेले अवरोध जारी राख्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

‘हामीले प्रमुख सत्तासाझेदार दल कांग्रेससंग संवाद पनि गरेका हौैं,’ नेम्वाङले भने, ‘तर प्रतिनिधिसभाको अवरोध खोल्न हामीले राखेको मागमा उहाँहरु सकारात्मक हुनुभएन, हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौं ।’

Advertisement

एमाले प्रक्रियामा सहभागी नहुने भएपछि सत्तारुढ दललाई एमसीसी अनुमोदन गराउन झन् सहज हुने छ । यसअघि आइतबार विहान सत्ता साझेदार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top