एमालेले आज एमसिसीबारे धारणा सार्वजनिक गर्ने

१६ फागुन ७८, मंगलबार

१७ फागुन, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पारित भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।

पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल बै‌ंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । यसअघि भक्तपुरको गठ्ठाघरमा गर्ने भनिएको पत्रकार सम्मेलनको स्थान परिवर्तन गरिएको एमाले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यही फागुन ८ गते प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको थियो । त्यसअघि नै ओली नेतृत्वको सरकारको पालामा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा नेकपा एमालेले भाग लिएको थिएन । पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरुलाई सभामुखले मान्यता नदिएको भन्दै बैठकमा नाराबाजी गर्दै आएको एमालेले एमसीसी अनुमोदनको दिन पनि त्यसलाई जारी राखेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top