बुद्ध एयर लक्ष्मी मार्ग अन्तर्राष्ट्रिय गोल्डकप भदौको २३ बाट

३० साउन ७५, बुधबार
Share this
787shares

विराटनगर,साउन ३०
बुद्ध एयर लक्ष्मी मार्ग अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो संस्करण भदौको अन्तिम साताबाट हुने भएको छ । मोरङ जिल्लाको बेलबारी नगरपालिकास्थित लक्ष्मी मार्ग फुटबल मैदानमा भदौ २३ गतेदेखि सुरु हुने प्रतियोगितामा भारतको युनाइटेड खर्साङ एफसीसंगै राष्ट्रियस्तरका सात क्लबबीच प्रतिस्पर्धा हुने आयोजक डागिहांट युथ क्लबले जनाएको छ ।

Advertisement

लक्ष्मीमार्गमा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विक्रम राईले उपाधी विजेता टोलीले २ लाख २२ हजार रुपैयाँसहित ट्रफी हात पार्ने जानकारी दिए । त्यसैगरि, दोश्रो हुने टोलीले १ लाख २ हजार रुपैयाँ प्राप्त गर्नेछ । अध्यक्ष राईका अनुसार गएको वर्षभन्दा यसपटक पुरस्कार राशी दोब्बर गरिएको हो ।

गतवर्ष सम्पन्न प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार रुपैयाँ हात पारेको थियो । प्रतियोगितामा काठमाडौंको चर्च ब्वाइज, आयोजक डागिहांट युथ क्लब, मोरङ फुटबल एकेडेमी उर्लाबारी, युनाइटेड खर्साङ भारत, विर्तामोड युनाइटेड क्लब झापा र उदयपुर ११, इलाम ११ र धनकुटा ११ को सहभागिता रहनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top