‘फेक रेस्क्यू’ यी अस्पतालले उठाए ७३ करोड, लेक लागेको बिरामीको उपचार ६० लाखमा !

काठमाडौं,साउन ३०
नेपाल घुम्न आउने पर्यटकको उद्धारको नाममा हुने ठगीमा संलग्न कम्पनीमाथि छानबिन गर्न अर्को टोली गठन भएको छ। सरकारले राजश्व अनुसन्धान विभागको नेतृत्वमा अर्को टोली गठन गरेको हो।

‘फेक रेस्क्यू’मा भएको ठगी भन्दा पनि राजश्व छलीमा केन्द्रीत भएर सरकारले राजश्व अनुसन्धान विभागको नेतृत्वमा थप छानबिन र कारबाही अघि बढाउन लागेको हो। जसबाट उनीहरुले ठगीबाट भने उन्मुक्ति पाउने सम्भावना देखिएको छ।

पर्यटन मन्त्रालयले गठन गरेको ‘पर्यटक उद्धारसम्बन्धि छानबिन कार्यदल’ले कारबाहीका लागि २६ वटा कम्पनीलाई संगठित अपराध तथा ठगी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई प्रतिवेदनसहित कारबाहीका लागि पत्राचार गरिसके पनि गृहले ठगी मुद्दामा अनुसन्धानका लागि चासो दिएको छैन।

Advertisement

नक्कली उद्धारमा संलग्न देखिएका १० वटा अस्पताल, ८ वटा ट्रेकिङ कम्पनी, ५ वटा वैदेशिक मुद्राको कारोकार गर्ने कम्पनी तथा ३ वटा हेलिकोप्टर कम्पनीको नाम गोप्य राखिएको छ। तर, स्वास्थ्य मनत्रालय स्रोतले उपलब्ध गराएको प्रारम्भिक जानकारी अनुसार फेक रेसुक्युमा ४ वटा अस्पतालले ७३ करोड ३३ लाख रुपैयाँको उपचार गरेको भेटिएको छ।

सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुतलीको सकोन हस्पिटल प्रालि, कपुरधाराको सिवेक अस्पताल प्रालि र बल्खुको बयोधा अस्पतालले फरक–फरक शीर्षकमा बिलबीजक खडा चिकित्सकिय मर्यादा विपरित उपचार गरेको भेटिएको स्रोतले बताएको छ । यी अस्पतालमाथि छानबिन र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको छ।

Advertisement

प्रतिवेदनमा उल्लेख भएअनुसार सकोन अस्पतालले २ हजार २३ जना पर्यटकको उपचारबापत ३१ करोड ९८ लाख, सिवेकले १७ सय ६३ बिरामीबापत १४ करोड २३ लाख, बयोधाले ६ सय ९७ बिरामीबाट १५ करोड ८० लाख र इराले ११ सय ३० बिरामीबाट ११ करोड ३२ लाख रुपैयाँ बिमाबाट लिएका छन्।

अनुसन्धानका क्रममा कतिपय बिरामीको फर्जी विवरण समेत भेटिएको छ। अस्पतालले लेक लागेको बिरामीको उपचारका क्रममा ६० लाखसम्म रकम लिएको भेटिएको छ।पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले गत साउन १४ गते पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको थियो।

बिमा कम्पनीलाई ठग्न नेपाल घुम्न आउने पर्यटकलाई खानामा विभिन्न पदार्थ मिसाएर बिरामी बनाउने र उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार हुने गरेको जनाईएको छ । उद्धार र उपचारको नाममा चर्को बील उठाएर ठगी हुने गरेको थियो भने पर्यटकको यस्तो खर्च बीमा कम्पनीले बेहोर्ने भएकाले नेपालमा ‘फेक रेस्क्यु’को धन्दा चल्दै आएको थियो।फेक रेस्क्यूको ठगीमा केही प्रभावशाली व्यक्तिका कम्पनी समेत परेकाले कारबाहीमा सरकार नरम बनेको स्रोत बताएको छ ।

कार्यदलले ६ वटा अस्पताललाई स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने तथा ३ वटालाई राजश्व चुहावटमा छानबिन गर्न सिफारिस गरिएको थियो। विदेशी मुद्राको अपचलन गर्ने ५ वटा कम्पनीलाई राष्ट्र बैंकमार्फत कारबाहीको सुझाव दिइएको थियो। ८ वटा ट्रेकिङ एजेन्सी, ४ वटा अस्पताल र ३ वटा हेलिकोप्टर कम्पनीको नाम नै उल्लेख गरेर कारबाही गर्न भनिएको छ।

नक्कली उद्धारका कारण नेपालको पर्यटन क्षेत्र नै बदनाम भएको थियो। दोषीहरुबाट कारबाही हुन नसके यस्ता घटना फेरि दोहोरिन सक्ने पर्यटन मन्त्रालयका अधिकारी बताउँछन्।कार्यदलको सुझावअनुसार पर्यटकको उद्धारको जिम्मेवारी नेपाल प्रहरीलाई दिने तयारी सुरु भएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top