काठमाडौं,साउन ३०
२७ वटा बाणिज्य बैंकहरुको नाफा ४६ अर्ब ९६ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ लेखा प्रणालीको अपरिस्कृति वित्तिय विवरण अनुसार २०७५ असार मसान्त अवधीमा ४६ अर्ब ९६ करोड नाफा आर्जन गरेका हुन् ।
यी बैंकहरुले २०७४ असार मसान्त अवधीमा ३९ अर्ब ३० करोड नाफा कमाउन सफल भएका थिए । एक बर्षको अवधीमा २७ वटा बाणिज्य बैंकहरुले नाफा ७ अर्ब ६६ करोड अर्थात १९।४९ प्रतिशतले वृद्धि भएको हो ।
४ अर्ब ५ करोड नाफा कमाएर नविल बैंक पहिलो नम्बरमा रहेको छ भने । ३ अर्ब ६७ करोड नाफा कमाएको कृषि विकास बैंक दोश्रो र ३ अर्ब ५७ करोड नाफा कमाएर नेपाल इन्भेष्टमेन्ट बैंक तेश्रो नम्बरमा रहेको छ ।
एनआईसी एसिया, सिटिजन्स, माछापुच्छ्रे, नेपाल बंगलादेश बैंक, एनसीसी र प्रभु बैंक भने नाफा वृद्धि गर्न असफल भएका छन् ।
सुची हेर्नुहोस्
(विकास न्युज)