संसद् भवन अगाडि नक्कली बम राखेको आरोपमा एक जना पक्राउ

१८ फागुन, काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित संसद् भवन अगाडि नक्कली प्रेसरकुकर बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले गए राति एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

काभ्रेको भुम्लु गाउँपालिका–२ का सुवास महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

Advertisement

गत आइतबार प्रतिनिधि सभाबाट एमसिसी पारित भएको थियो। एमसिसी पारित भएको विरोधमा छ दल र दुई मोर्चाले सोमबार बन्द आह्वान गरेका थिए।

सोही दिन संसद भवन अगाडि सडकमा तारले जेलिएको अवस्थामा प्रेसर कुकर फेला परेको थियो।

Advertisement

प्रहरीले घटनाबारे अनुसन्धान गर्दा सिसीक्यामेरा फुटेजमा मोटरसाइकलमा सवार दुई युवकले प्रेसरकुकर छाडेर गएको देखिएको थियो।

प्रेसरकुकर सडकमा छाड्ने महतलाई पक्राउ गरिएको र अर्का एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

महत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनअन्तर्गत पशुपति बहुमुखी क्याम्पस इकाइ कमिटीका अध्यक्ष रहेको खुलेको प्रहरीको भनाइ छ।

संसद भवनअगाडि प्रेसरकुकर भेटिएपछि बम भएको आशंका गर्दै नेपाली सेनाले निस्कृय बनाएको थियो। उक्त प्रेसरकुकर बम नभई त्रास सिर्जना गर्न तारले जेलेर राखेको पाइएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top