×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धनगढी उपमहानगरको मेयरमा व्यवसायी गोपाल हमालद्वारा उम्मेदवारी घोषणा

१९ फाल्गुन २०७८

१९ फागुन, धनगढी । विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक पदबाट हालै राजीनामा दिएका व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।

सुन्दर सुदूरपश्चिमका अभियान्तासमेत रहेका हमालले धनगढीमा घोषणा सभा आयोजना गर्दै अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

२०७४ सालको आम निर्वाचनमा पनि स्वतन्त्ररुपमा मेयरमा उम्मेदवारी दिएका हमालले नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए तर दोस्रोपटक हुने आमनिर्वाचनमा समेत उनी पुनः स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

‘२०७४ सालको चुनावमा हामीले दोस्रो स्थान हासिल गरे पनि त्यसलाई मैले पहिलो नै मानेको छु,’घोषणा सभालाई सम्बोधन गर्दै हमालले भने, ‘मैले चार वर्ष धनगढीको विकासका लागि योजना बनाउनमा बिताएको छु । धेरै राजनीतिक दलले मेयरको टिकट दिन्छु भने पनि म धनगढी नगरवासीको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दिनेछु ।’

उनले अघिल्लो निर्वाचनमा ढिलो गरेर चुनाव चिह्न पाएको तथा उपमहानगरपालिका कतिपय क्षेत्र नयाँ भएकाले पराजय व्यहोर्नु परेको उल्लेख गर्दै गोपाल हमाललाई नभएर धनगढीलाई जिताउनुु आहृवानसमेत गरे ।

आफूले चुुनाव जितेपछि कुनै किसिमको लाभ नलिने र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दाबी उनको छ । ‘म साझा व्यक्तिको रुपमा भएकाले सबैलाई न्याय गर्नेछु । मेयरको लाभ लिदैन, भन्नुुको अर्थ भ्रष्टाचार हुन दिदैन, बेथिति हुन दिदैन, भ्रष्टाचार प्रवृत्तिलाई कल्याणकारी प्रवृत्तिमा परिणत गर्छु,’ हमाले भने ।

उनले धनगढीको विकास अहिलेलाई नभएर ५० वर्ष पछिका लागि हुने गरी योजना सञ्चालन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्वाचनमा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

हमालसँगै अन्य चार जनाले पनि स्वतन्त्र उम्मेदवारका रुपमा वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

धनगढी उपमहानगरपालिका–४ को वडाध्यक्षमा सिद्धराज पनेरु, वडानम्बर ५ को वडाध्यक्षमा पदमराज भट्ट, १४ को वडाध्यक्षमा यम लामिछाने मगर र १५ को वडाध्यक्षमा कमलबहादुर ढाँटले उम्मेदवारी घोषणा गरेका छन् । वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका चार जना पनि विवेकशील साझा पार्टीमा क्रियाशील छन् ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top