युक्रेनमाथिको सैन्य कारबाही योजनाअनुसार नै गरेका हौँः पुटिन

२० फागुन, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजनाअनुसार नै भएको बताएका छन् ।

उनले भनेका छन्, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ ।’

रुसको सुरक्षा परिषद्को एक बैठकमा उहाँले हिजो बिहीवार यो धारणा राख्नुभएको सिन्ह्वाले जनाएको छ । हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ, पुटिनले भनेका छन् ।

Advertisement

उनले रुसले युक्रेनमाथि गरेको आक्रमणमा रुसी सेनाले साहसपूर्वक काम गरेको पनि बताए । उनले भने, ‘रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ ।’ रुसको सीमा क्षेत्रमा पश्चिमाहरूबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएको भन्दै यसका कारण रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको उनले बताए ।

रुसले गएको हप्तादेखि नै युक्रेनमा आक्रमण गरिरहेको छ । हिजो रातिसम्म पनि युक्रेनको राजधानी र अन्य कतिपय सहरहरूमा रुसी सेनाले आक्रमण गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top