कमिसन कटौती गरेको विरोधमा पम्प व्यवसायीहरुले निगमसँग इन्धन खरिद गर्न छाडे

२० फागुन ७८, शुक्रबार
Share this
656shares

२० फागुन, काठमाडौँ । देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन् ।

Advertisement

नेपाल आयल निगमले आफूहरुले पाउँदै आएको कमिसन कटौती गरेको विरोधमा यस्तो निर्णय गरेको पेट्रोल पम्प व्यवसायीहरुको संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।

‘हाम्रो सेवा सुविधा काट्ने निर्णय भएपछि विरोध गरेका हौं, आज निगमका डिपोबाट तेल उठेको छैन,’ एसोसिएसनका एक अधिकारीले भने ।

Advertisement

बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य संरचनामार्फत प्रतिशतमा दिंदै आएको कमिसन कटौती गर्ने निर्णय गरेको थियो ।

व्यवसायीले घोषणा गरेरै इन्धन बिक्री रोक्ने निर्णय गरेको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

Advertisement

‘विहानैदेखि इन्धन उठाउन रोक्ने घोषणा भएको छ, निगमको डिपोबाट इन्धन उठेको छैन्,’ प्रवक्ता उपाध्ययले भने, ‘व्यवसायीको विरोधका कारण देशैभर इन्धन नउठेको जानकारी आएको छ ।’

काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्ने देशकै ठूलो मध्ये एक थानकोट डिपोबाट शुक्रबार विहानैदेखि इन्धन नउठेको डिपोले जनाएको छ ।

डिपोका अधिकारी कपिल भट्टकाअनुसार शुक्रबार डिपोबाट डिजेल, पेट्रोल र मटीतेलको बिक्री भएको छैन ।

‘दैनिक करिब ७ लाख लिटर डिजेल र ९ लाख लिटर पेट्रोल बिक्री हुन्थ्यो तर आज एक लिटर पनि इन्धन उठेको छैन्,’ भट्टले भने, ‘यस अघि बिक्री भएको इन्धन सकिएपछि बजारमा अभाव सृजना हुने देखियो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top