रुसविरुद्ध थप प्रतिबन्ध लगाउन र आतंकवादी घोषणा गर्न युक्रेनको आह्वान

२५ फागुन, एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने बताएका छन् ।

बेलायतको तल्लो सदन (हाउस अफ कमन्स)मा सम्बोधन गर्दै जेलेन्स्कीले सो कुरा बताएका हुन् ।

सम्बोधनको क्रममा उनले शेक्सपियर र विन्स्टन चर्चिलको व्याख्या गर्दै युक्रेनीहरुले रुसी आक्रमणको प्रतिरोध जारी राख्ने बताए ।

Advertisement

उनले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई रुसविरुद्ध थप प्रतिबन्ध लगाउन र युक्रेनमा मानवीय सहायता जारी राख्न आह्वान गरेका थिए ।

उनले रुसलाई आतंकवादी घोषणा गर्न आह्वान समेत गरेको अलजजिराले जनाएको छ ।

Advertisement

युक्रेनका राष्ट्रपति जेलेन्सीकले युक्रेनको आकाशमा नो फ्लाई जोन घोषणा गर्नुपर्ने आफ्नो पुरानै मागलाई दोहोर्याएका थिए । तर यो माग नेटो सैनिकले हालससम्म मानिरहेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top