×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीलंका संयुक्त–११ विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

२७ फाल्गुन २०७८

२७ फागुन, काठमाडौँ । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलंका भ्रमण गरेको नेपालले अन्तिम तथा चौथो अभ्यास खेलमा श्रीलंका संयुक्त–११ विरुद्ध टस हारेको छ ।

बोर ग्राउन्डमा भएको टसमा श्रीलंका संयुक्त ११ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले पहिला फिल्डिङ गर्दै छ ।

Advertisement
Advertisement

टोलीमा सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, विक्रम सोब, दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । कमलसिंह ऐरी, करण केसी, पवन सरार्फ र भीम सार्की आजको खेलमा बेन्चमा छन् ।

नेपालविरुद्ध खेल्ने श्रीलंका संयुक्त–११ मा पूर्व विश्व स्टार खेलाडीको सहभागीता रहने भएको छ । पूर्व कप्तान तथा विश्व चर्चित ब्याटर उपुल थरंगा, अलराउन्डर थिसरा परेरा, तीव्र गतिका बलर धाम्मिका प्रसाद, स्पिन अलराउन्डर दिलरुवान परेरा, दिलसान मुनाविरा, सेकुगे प्रसन्ना र विकेटकिपर सान्दुन विराक्कोडी जस्ता चर्चित खेलाडीले श्रीलंका संयुक्त–११ को टोलीबाट खेल्ने छन् ।

यसअघि तीन अभ्यास खेलमा नेपालले सहज जित हात पारेको थियो । पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रनले र दोस्रो अभ्यास खेलमा सोहि टोलीलाई ८२ रनले पराजित गरेको थियो ।

नेपालले सुरुवाती दुई खेलमा ब्याटिङमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन । पहिलो खेलमा २ सय १४ र दोस्रो खेलमा १ सय ९७ रनमा अल आउट भएको थियो । तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध नेपालले ८ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो ।

नेपाल १४ मार्चमा युएई पुग्नेछ । नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक ओडिआई सिरिज १५ मार्चदेखि सुरुहुनेछ । विश्वकप लिग(२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ । २२ मार्च सम्म नेपाल युएईमा रहनेछ ।

विश्वकप लिग(२ २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपमा पुग्ने रोडम्याप हो । विश्वकप लिग(२ मा ७ देशले प्रतिस्पर्धा गरेका छन् । शीर्ष तीन टोली २०२३ मा हुने विश्वकपको ग्लोबल छनोटमा सिधैं प्रवेश पाउनेछन् ।

त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ ।

Advertisement

नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते (मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top