Nepal Times
Nepal Times
3
Shares

सर्लाहीमा प्रहरीमाथि नै आक्रमण

सर्लाहीमा प्रहरीमाथि नै आक्रमण

५ चैत्र, सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण भएको छ ।

लालबन्दी नगरपालिका वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन् ।

बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा उनीमाथि आक्रमण भएको सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले जानकारी दिए । घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमण गर्ने समूह फरार भएको र उनीहरुको खोजी भइरहेको एसपी प्रसाईंले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.