Nepal Times
Nepal Times
3
Shares

आज सुनको भाउ ६ सय रुपैयाँले घट्यो

आज सुनको भाउ ६ सय रुपैयाँले घट्यो

६ चैत, काठमाडौँ । हप्ताको पहिलो दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ ।

अस्ति सुनको भाउ तोलामा ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार महासङ्घले सुनको मूल्य निर्धारण गर्ने गरेको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ।

तोलामा १० रुपैयाँले घटेर चाँदी आज १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.