×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हत्याको डरले आफ्ना १ हजार कर्मचारीलाई पुटिनले हटाए

६ चैत्र २०७८

६ चैत्र, एजेन्सी ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना व्यक्तिगत कर्मचारी मध्येबाट लगभग १००० सदस्यलाई हटाएका छन् ।

पुटिनलाई यी मानिसले आफ्नो हत्या गर्नसक्ने डर छ । उनले हटाएका कर्मचारीमध्ये अंग रक्षक, कुक, कपडा धुने र निजी सचिव समेत समावेश छन् । यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको समाचारमा जनाइएको छ । हटाइएका मानिसको स्थानमा जसलाई राखिएको छ उनीहरुको बारेमा पनि गहन छानविन भइरहेको छ ।

Advertisement
Advertisement

पुटिनको आदेशमा रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेको थियो । युक्रेनमा गरिएको हमलाका कारण रुस र उसका सहयोगीमाथि विश्वभरिमा कठोर प्रतिबन्ध लगाइएको छ ।

अमेरिकी सांसदले व्यक्त गरे आशंका

अमेरिकाको साउथ क्यारोलिनाका सांसद लिन्डसे ग्राहमले यसै महिनाको सुरुवातमा पुटिनको तुलना एडोल्फ हिटलरसँग गरेका थिए । युद्ध समाप्त पार्ने एकमात्र तरिका भनेको कसैले उनको हत्या गरिदिनुपर्ने उनले बताएका थिए ।

विष दिने विषयमा बदनाम छ क्रेमिलिन

​लिन्डसे ग्राहमले डेली बीस्टसँगको कुराकानीमा पुटिनलाई विष दिन वा दिलाउने काम कुनै विदेशी सरकारबाट नहुने बताएका छन् ।

उनले भने, ‘क्रेमलिन (रुसी राष्ट्रपतिको कार्यालय) भित्रनै यसको प्रयास हुने छ ।’ रुसी जासुसी विभाग सम्भवतः एकमात्र यस्तो संस्था बाँकी रहेको छ, जसले मानिसको हत्याका लागि उनीहरुलाई विष दिने गर्छ । विष दिने घटनालाई पहिले क्रेमलिनलाई जोडेर हेर्ने गरिन्थ्यो ।

क्रेमलिनका आलोचकहरुलाई नर्भ एजेन्ट नोभिचिक दिइने गरिन्थ्यो । पुटिनका सबैभन्दा ठूला आलोचक एलेक्सी नभालनीलाई २०२० को अगस्टमा नोभिचिक दिइएको थियो । तर उपचार पाएकाले उनको जीवन बच्न सफल भएको थियो । हाल उनी रुसको एक जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

Advertisement

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top