रुसले युक्रेनमा फेरि गर्‍यो हाइपरसोनिक मिसाइल आक्रमण

६ चैत्र, एजेन्सी ।
रुसले युक्रेनमाथि फेरि हाइपरसोनिक मिसाइल आक्रमण गरेको छ ।

Advertisement

यसअघि गत शुक्रबार पनि रुसले हाइपरसोनिक मिसाइल आक्रमण गरेको थियो । रुसी अधिकारीले आइतबार ब्ल्याक सीबाट हाइपरसोनिक मिसाइल लन्च गरेको जनाएका छन् ।

अघिल्लो पटक गरिएको हाइपरसोनिक मिसाइल आक्रमणले युक्रेनको भूमिगत हतियार भण्डार ध्वस्त भएको थियो । पछिल्लो आक्रमणको ठेगाना कहाँ हो भन्ने स्पष्ट भएको छैन।

Advertisement

आइतबार पूरा युक्रनेमा रुसले हवाइ आक्रमण गर्न सक्ने भन्दै साइरन बजाइएको छ । हाइपरसोनिक मिसाइल अत्याधुनिक हतियार हो ।

यो युद्धमा पहिलो पटक प्रयोग भएको छ । र रुसले पहिलो पटक प्रयोग गरेको छ । यो मिसाइलको गति ध्वनीको गतिभन्दा पाँच गुणा धेरै हुन्छ । यो मिसाइल कुनै पनि राडार सिस्टमले समात्न सक्दैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top