×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुस–युक्रेन युद्धको असर भारतको अर्थतन्त्रमा पनि

६ चैत्र २०७८

६ चैत, एजेन्सी । रुस–युक्रेन युद्धले भारतको अर्थतन्त्र पनि असर परेको छ ।

कोरोना महामारीका कारण आर्थिक वर्ष २०२१/०२२ मा ६ दशमलव ६ प्रतिशतले घटेको भारतीय अर्थतन्त्र यो वर्ष नौ दशमलव दुई प्रतिशतले बढ्ने अनुमान थियो ।

Advertisement
Advertisement

तर भारतमा पेट्रोलियम पदार्थ र कृषि सामग्री आपूर्ति गर्ने देशहरू रुस र युक्रेनबीच युद्ध हुँदा अर्थतन्त्रको वृद्धि दर कम हुने सम्भावना बढेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रुस–युक्रेन युद्धका कारण भारतमा खाने तेल र पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्धनको भाउ बढ्दा त्यसको असरले दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि भएको छ ।

प्रतिदिन ५५ लाख ब्यारेलसम्म पेट्रोलियम पदार्थ खपत गर्ने भारत विश्वको तेस्रो ठूलो उपभोक्ता हो । इन्धनको मूल्य वृद्धिले भारतमा पूर्वाधारका कामसँगै आर्थिक पुनरोत्थान प्रभावित भएको छ ।

भारतले आयात गर्ने सूर्यमुखी तेलको ९० प्रतिशत रुस र युक्रेनबाट आयात हुन्छ । अहिले भारतमा खाने तेलको भाउ बढेको छ ।

यस्तै डीएपी मल बनाउन प्रयोग हुने पोटास आपूर्ति गर्ने रुस युद्धमा होमिँदा भारतमा डीएपी मलको अभाव सुरु भएको र यसले भारतमा समग्र कृषि उत्पादनमा समस्या हुने स्वतन्त्र कृषि नीति विश्लेषक इन्द्रशेखर सिंहलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

Advertisement

कोरोना महामारीबाट पीडित अर्थतन्त्र सुधार हुनै लाग्दा सुरु भएको रुस–युक्रेन युद्धले भारतीय जनसङ्ख्याको ठूलो हिस्सा घट्दो आम्दानी र बढ्दो जीवन लागतको सामना गर्न बाध्य भएको छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top