मारिओपोलमा आत्मसमर्पण गर्न रुसद्वारा अल्टिमेटम, युक्रेनले गर्यो अस्वीकार

७ चैत्र, एजेन्सी ।
घेराबन्दीमा परेको युक्रेनी शहर मारिपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ ।

Advertisement

रुसले मारिपोललाई स्थानीय समय अनुसार सोमबार बिहान पाँच बजे (नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेट) सम्ममा आत्मसमर्पण गर्न भनेको थियो । तर युक्रेनले भने रुसको सो प्रस्ताव अस्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयले गरेको आत्मसमर्पणको प्रस्ताव युक्रेनले सिधै अस्वीकार गरेको हो।

आत्मसर्मपण गरेमा स्थानीय समय अनुसार बिहान १० बजेदेखि फसेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जानका लागि मानवीय सहायता मार्ग खुला गर्ने रुसी रक्षा मन्त्रालयले जनाएको त्यहाँको सरकारी सञ्चार संस्था रियाले जनाएको छ । आत्मसमर्पण गर्न नमानेमा ‘सैन्य कारवाही’ भोग्नु पर्ने चेतावनी रुसले चेतावनी दिएको छ ।

Advertisement

तर युक्रेनले भने आत्मसमर्पणको कुरा नै नआउने बताएको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरिस्चुकले सोमबार सबेरै आत्मसमर्पणको कुरा वा प्रश्न कुनै पनि अवस्थामा नआउने बताएकी छन् । उनले भनेकी छन्, ‘यसबारे हामीले रुसी पक्षलाई जानकारी गराइसकेका छौँ ।’

यसअघि मारिपोलको नगरपरिषदले शहरका हजारौँ मानिसलाई उनीहरुको इच्छा विपरित रुसी सैनिकले रुस लगेको शनिबार आरोप लगाएको थियो । मारिपोल शहर गएको दुई हप्तादेखि रुसी सैनिकको घेराबन्दीमा छ। त्यहाँ विद्युत, पानी तथा ग्यासको आपूर्ति हुन सकेको छैन। शहरमा करिब तीन लाख मानिस फसेका छन्।

Advertisement

खाद्यान्न तथा अत्यावश्यक औषधिको अभावका बीच फसेका मानिसहरुको अवस्था नाजुक बन्दै गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसले मारिपोलका लागि मानवीय सहायता सामग्री लैजान पनि दिएको छैन।

रुसले मारिपोलका अस्पताल, चर्च, आवासीय अपार्टमेन्टहरु निशाना बनाएको छ। स्थानीय अधिकारीका अनुसार रुसले गरेको आक्रमणका कारण मारिपोलका करिब ८० प्रतिशत आवासीय भवन ध्वस्त वा क्षतिग्रस्त भएका छन्। एकतिहाइ भवनहरु मर्मत गर्न नमिल्ने अवस्थामा पुगेका छन्।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता मारिपोल गम्भीर निशानामा आएको छ। रणनीतिक महत्वको शहर नियन्त्रणमा लिने प्रयासमा रुस रहेको छ। शहरको टेलिफोन सेवा दिनमा केही घण्टामात्रै सञ्चालनमा आउने गरेका छन्।

शहरका बासिन्दा अधिकांश समय रुसी आक्रमणबाट जोगिन आश्रयस्थल वा बेसमेन्टमा बस्ने गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top