युक्रनेको सुमीमा लिक भयो हानिकारक ग्यास एमोनिया

७ चैत्र, एजेन्सी ।
युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको सुमी सहरस्थित एक कारखानाबाट रसायनिक हानिकारक ग्यास एमोनिया ग्यास चुहिएको छ।

Advertisement

क्षेत्रीय गभर्नर दिमित्रो झिभित्स्कीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।

उनले ग्यास चुहिएको ५ किलोमिटर आसपासका क्षेत्रमा बस्ने मानिसहरुलाई ठाउँ छाड्न आग्रह गरेका छन्।

Advertisement

यो ग्यास स्वास्थ्यको लागि निकै हानिकारक हुने भएकाले उनले मानिसहरुलाई यस्तो आग्रह गरेका हुन्।

यद्यपि के कारणले उक्त ग्यास लिक भएको हो भन्ने विषयमा भने जानकारी दिइएको छैन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top