पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी

Share this
756shares

८ चैत्र, एजेन्सी ।
युक्रेनमा रुसले रासायनिक वा जैविक हितयारको प्रयोग गर्न सक्ने चेतावनी अमेरिकी राष्ट्रपति जो बाइडेनले फेरि दिएका छन् ।

Advertisement

युक्रेनी सुरक्षाकर्मी तथा स्वयम् सेवकबाट कडा प्रतिरक्षाको सामना गरिरहेको रुसले रासायनिक वा जैविक हतियार प्रयोग गर्न सक्ने चेतावनी अमेरिकासहितका देशले बारम्बार दिँदै आएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि बारम्बार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताउँदै आएका छन् । त्यसका लागि बहानाको खोजीमा पुटिन गरेको र सो बहाना बनाउने प्रयासमा रुस रहेको दाबी बाइडेनले गरेका हुन् ।

Advertisement

राजधानी वासिङ्टन डिसीमा सोमबार भएको व्यवसायिक गोलमेचका क्रममा राष्ट्रपति बाइडेनले रुसले रासायनिक वा जैविक हयितार आक्रमणका लागि ‘भ्रमित पार्ने’ योजनाको तयारी गरिरहेको बताएका हुन् । ‘फल्स फ्ल्याग’ अपरेशन गरेर रासायनिक हतियार प्रयोगको बहाना बनाउने क्रममा पुटिन सत्ता रहेको दाबी बाइडेनले गरेका छन् ।

बाइडेनले भनेका छन्, ‘उनीहरु (रुस) भनिरहेको छ कि युक्रेनसँग जैविक र रासायनिक हतियार छ । यसले स्पष्ट संकेत गर्छ कि उनी (पुटिन) ती दुवै (जैविक र रासायनिक) हतियार प्रयोगको तयारीमा छन् ।’

Advertisement

केही समय पहिले अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभनल रुसको राष्ट्रिय सुरक्षा परिषदका सचिवलाई युक्रेनमा कुनै पनि प्रकारको जैविक वा रासायनिक हतियार तैनाथ गरेमा गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी दिएका थिए ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । रुसी आक्रमणको निशानामा अस्पताल, विद्यालय, सार्वजनिक स्थल, आवासीय क्षेत्र र आवासीय भवन, सर्वसाधारण नागरिकले आश्रय लिएका स्थल पर्ने गरेका छन् । रुसले युक्रेनमा युद्ध अपराध गरेको भन्दै घोर निन्दा हुने गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top