एनआरएनएबाट ठूलो अपेक्षा छ, एक भएर विधान अनुसार काम गर्नुस्ः अर्थमन्त्री शर्मा

Share this
677shares

८ चैत, काठमाडौँ । नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा पनि देखिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

Advertisement

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

विधानलाई मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement

‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं’ उनले भने, ‘तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top