×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

चीनलाई चुनौती दिन फिलिपिन्ससँग अमेरिकाको संयुक्त युद्ध अभ्यास

९ चैत्र २०७८

९ चैत्र, एजेन्सी ।
फिलिपिन्स र अमेरिकाले अर्को साता संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।

अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार द्वीपसमूह राष्ट्रमा अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास सुरु गर्न लागेको हो।

Advertisement
Advertisement

बढ्दो चिनियाँ प्रभाव सामु आफ्नो बलियो रक्षा सम्बन्ध देखाउने अभिप्रायले सो अभ्यास गर्न लागिएको विश्लेषण गरिएको छ। लगभग ९ हजार फिलिपिनो र अमेरिकी सैनिकले लुजोनको मुख्य टापुमा १२ दिनसम्म सो युद्धाभ्यासमा भाग लिनेछन्।

मार्च २८ मा सुरु हुने उक्त अभ्यासमा सामुद्रिक सुरक्षा, लाइभ फायर तालिम, आतङ्कवाद प्रतिरोध, मानवीय सहायता र विपद् राहतलगायत अन्य विषय समेटिने अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ।

“(दुवै पक्षले) साझा रणनीति, प्रविधि र प्रक्रियाहरू विस्तार र अगाडि बढाउनुका साथै तालिम दिनेछन् जसले हाम्रो प्रतिक्रिया क्षमता र वास्तविक–विश्व चुनौतीको तत्परतालाई बलियो बनाउँछ,” अमेरिकी तेस्रो समुद्री डिभिजनका कमाण्डर मेजर जनरल जे बार्गेरोनले बताएका छन्। लामो समयका सहयोगी बीचको हालैका युद्धाभ्यास दक्षिण चीन सागरमा सम्भावित द्वन्द्वमा केन्द्रित छन्।

चीनले विवादित चट्टानमा कृत्रिम टापुहरू निर्माण गर्ने र तिनीहरूमा हतियार स्थापना गरेर आफ्नो अडानलाई बलियो बनाएको आरोप लाग्ने गरेको छ। फिलिपिन्स, ब्रुनाई, मलेसिया, ताइवान र भियतनामले पनि दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएका छन्।

गत साता फिलिपिन्सले चिनियाँ नौसेनाको जहाजलाई आफ्नो द्वीपसमूहको पानीमा अवैध रूपमा तरिरहेको दाबी गरेपछि मनिला र बेइजिङबीचको तनाव बढेको थियो। युक्रेनमा रुसले आक्रमण गरिरहेको समयमा यो सैन्याभ्यास हुन लागेको हो।

जहाँ अमेरिका र उसका सहयोगीहरूले युक्रेनलाई रक्षात्मक हतियार उपलब्ध गराउँदै आएका छन् र मस्कोमाथि आर्थिक प्रतिबन्ध पनि लगाएका छन्।

Advertisement
Advertisement

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार अमेरिकासँगको सुरक्षा गठबन्धनका कारण द्वन्द्वमा ‘संलग्न’ भएको बताएका छन्। सो गठबन्धनमा पारस्परिक रक्षा सन्धि र अमेरिकी सेनालाई फिलिपिन्सको सैन्य क्याम्पमा रक्षा उपकरण र आपूर्ति भण्डारण गर्न अनुमति समावेश छ।(रासस–एएफपी)

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top