अष्ट्रेलियन टेनिस स्टार बार्टीले २५ वर्षको उमेरमै लिइन् सन्यास

९ चैत्र, एजेन्सी ।
विश्वकी नम्बर एक अष्ट्रेलियाली टेनिस खेलाडी एश्ली बार्टीले खेल दुनियाँका सबैलाई अचम्मित पार्दै २५ वर्षको उमेरमा खेलबाट सन्यास लिएकी छिन् ।

४४ वर्षपछि आफ्नो जमिनमा अष्ट्रेलियाली ओपन जित्ने एश्लीले सन्यास लिने घोषणा गर्दै भनिन्, ‘म टेनिसबाट सन्यास लिइरहेकी छु । यसबारे घोषणा गर्नु मेरा लागि मुश्किल र भावनात्मक पल हो ।’

आफ्नी साथी र डबल्समा पार्टनर रहेकी केसी डेलाक्वासँग इन्स्टाग्राममा पोस्ट गरिएको एक भिडियो सन्देशमा एश्लीले भनिन्, ‘खेलबाट मैले जे जति पाएँ त्यसका लागि म कृतज्ञ छु । यसले मेरो सपना पूरा गरेको छ । तर मैले अब आफ्नो र्याकेटलाई विश्राम दिएर आफ्नो अन्य सपनालाई पूरा गर्ने यो नै मेरो लागि सही समय हो ।’

Advertisement

एश्ली बार्टी पछिल्लो दुई वर्षदेखि विश्वकै नम्बर एक खेलाडी बन्दै आएकी छिन् । उनले सन् २०१९ मा फ्रेन्च ओपन, सन् २०२१ मा विम्बिल्डन र यस वर्ष अष्ट्रेलिया ओपना जितेकी थिइन् । फ्रेन्च ओपन उनको पहिलो ग्रान्ड स्ल्याम थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top