आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो

९ चैत, काठमाडौँ । आज साताको चौथो दिन बुधबार सुनको मूल्य तोलामा ११ सय र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार एक लाख तीन सय रुपैयाँ प्रतितोलामा छापावल र ९९ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको कारोबार मूल्य १३ सय ७० रुपैयाँ तोकिएको छ । मंगलबार १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.