एजेन्सी,साउन ३१
विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा फ्रान्स ६ स्थान माथि उक्लिदै शीर्ष स्थानमा पुग्न सफल भएको हो ।
यस्तै विश्वकपको उपविजेता क्रोएसिया १६ स्थान माथि उक्लदै वरीयताको चौथो स्थानमा उक्लिएको छ । बरीयतामा बेल्जियम एक स्थान सुधार गदै दोस्रो स्थानमा उक्लदा ब्राजिल एक स्थान तल झर्दै तेस्रो स्थानमा झरेको छ । त्यस्तै उरुग्वे पाँचौ र इङ्ग्ल्याण्ड छैटौ स्थानमा छन् भने पोर्चुगल सातौँ र स्वीट्जरल्यान्ड आठौं स्थानमा रहेका छन् ।
वरीयतामा स्पेन नवौँ तथा डेनमार्क तीन स्थान सुधार गरेर वरीयताको शीर्ष १० भित्र अटाएका छन् । अर्जेन्टिना, चिली, स्वीडेन, कोलम्विया र जर्मनी शीर्ष १५ मा अटाएका छन् ।नेपाल वरीयतामा १६१ औं स्थानमा यथावत रहेको छ ।
दक्षिण एसियामा भारत ९६ औं स्थानसहित शीर्षस्थानमा रहँदा अफगानिस्तान १४५ औं स्थानसहित दक्षिण एसियामा दोस्रो स्थानमा छ । माल्दिभ्स १५० औ, भुटान १८४ औं, बंगलादेश १९४ औं, श्रीलंका २०० औं र पाकिस्तान २०१ औं स्थानमा रहेको छ ।