चीनबाट २३२ मेट्रिक टन रासायनिक मल तातोपानी नाका आइपुग्यो

१० चैत, काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । यो सँगै रासायनिक मलमा चीन नेपालको नयाँ बजार बनेको छ ।

तातोपानी नाका भएर हिजो २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताएका छन् । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।

भन्सार विभागबाट रिपोर्ट आउनासाथ मल काठमाण्डौ पठाइने गौतमले बताए । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । बाँकी आठ हजार ५ सय मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।

Advertisement

६ महिनाअघि नै आउनुपर्ने मल बल्ल भित्रिन थालेको छ । पहिलो खेप ल्याएपछि चीनले रासायनिक मल निर्यातमा रोक लगाएपछि ल्याउन ढिलाइ भएको शिल्क मार्केटले जनाएको छ ।

ग्लोबल टेन्डरमा शिल्कले प्रतिमेट्रिक टन रासायनिक मल ६ सय ६१ अमेरिकी डलरमा आयात गर्ने सम्झौता गरेको थियो ।

Advertisement

रासायनिक मलका लागि यसअघि नेपाल भारतसँग निर्भर थियो । किसानले मलको अभाव खेप्दै आएका छन् । एउटा देशसँग मात्र परनिर्भर बन्दा खेतीपातीको समयमा नेपालमा रासायनिक मलको चरम अभाव हुँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top