भारतबाट विजुली आयात प्रभावित भएपछि प्राधिकरणले उद्योगीहरुसँग थाल्यो छलफल

९ चैत ७८, बिहीबार

१० चैत, काठमाडौंँ । रुस–युक्रेन युद्धको कारण भारतमा बिजुली महँगिदा आयात प्रभावित भएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुसँग छलफल थालेको छ ।

भारतीय प्रतिस्पर्धी बजारमा विद्युतको मूल्य थप आकासिए पछि प्राधिकरणले गरेका ‘बिड’बाट भारतीय कम्पनीहरुले नै उच्च मूल्य राखेर बिजुली किनेका छन् ।

यसले गर्दा यो सुक्खायामको प्राधिकरणलाई भारतबाट आयात हुने पर्याप्त बिजुली ल्याउन नसकेपछि उद्योगमा २४ घण्टा नै बिजुली दिन समस्या परेको छ ।

Advertisement

मागअनुसार बिजुली दिन सकस हुने भएपछि उद्योगहरुमा लोड व्यवस्थापनका लागि प्राधिकरणले उद्योगी व्यवसायीसँग सहयोग माग्न लागेको हो ।

बिहीबार विहान प्राधिकरणले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उत्पादक संघ, स्टिल उद्योग संघ लगायतसँग छलफल गर्दैछ ।

Advertisement

उद्योगको माग पूर्ति गर्न हुने विद्युत् आयात प्रभावित भएपछि तालिका बनाएर उद्योग चलाएमा संकट टार्न सकिने प्राधिकरणको विश्वास छ ।

करिब एक महिनापछि नदीमा पानीको सतह बढेर नेपालकै उत्यादनले माग धान्न सकिने भएकाले केही हप्तासम्म व्यवस्थापनका लागि प्राधिकररणले उद्योगीसँग सहयोग माग्ने भएको छ ।

बुधबार बोलकबोलमा विद्युत् खरिद–बिक्री हुने भारतीय प्रतिस्पर्धी बजारमा औसत मूल्य प्रतियुनिट १५.२७ पैसा भारु पुगेको थियो । जुन बिजुली नेपाल ल्याउने हो भने थप ५३ पैसा भारु प्रशारणलाइन शुल्कका रुपमा जोडिन्छ ।

भारतबाट खरिद हुने विद्युतको औसत मूल्य नै २५.२८ रुपैयाँ प्रतियुनिट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जबकी विद्युत प्राधिकरणले नेपालका उद्योग कलकारखानालाई प्रतियुनिट औसत ८.५० रुपैयाँमा बिजुली बेचिरहेको छ भने रातिको समयमा ४.५० रुपैयाँ प्रतियुनिटमै उद्योगले बिजुली पाइरहेका छन् ।

बिहीबारका लागि प्राधिकरणले ९६ वटा ब्लकमा गरेको बिडमा जम्मा १२ वटा युनिटमा मात्रै बिजुली हात पारेको छ । बुधबारका लागि औसत भारु १२ मा विद्युत खरिदविक्री भएकाले प्राधिकरणले बिहीबारका लागि सोही मल्यमा ‘कोट’ गरेको थियो ।

तर, अधिकांश ब्लकमा त्यो भन्दा बढी मूल्य कोट गरेर भारतीय उद्योगहरुले बिजुली किनेका छन् । यसले गर्दा नेपाल बिहीबार पनि उद्योगहरुमा बिजुली कटौती गर्नुपर्ने अवस्था आउने भएको छ । सुक्खायाम लागेकाले अहिले औसत १२ सय मेगावाट प्रतिघण्टाका दरले भारतबाट विद्युत् आयात गनुपर्ने अवस्था छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधबारको औसतभन्दा बढाएर बोलकबोल गर्दा पनि मूल्य माथि गएर धेरै बिड प्राधिकरणलाई परेन ।

‘भारतमा अब औसत प्रतियुनिट मूल्य भारु २० सम्म पुग्ने अवस्था देखियो,’ उनले भने,’त्यसो भएमा हामीले आगामी ३५ दिनमा थप साढे ८ अर्ब नोक्सानी ब्यहोर्नुपर्ने देखिन्छ ।’

बिजुलीको मूल्यको जोखिम उद्योग, प्राधिकरण र सरकार सबै मिलेर टार्नुपर्ने घिसिङको भनाइ छ । उद्योगहरुमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले शुक्रबारका लागि थप मूल्य बढाएर विद्युत् किन्न प्रयास गर्ने उनले बताए । सर्वसाधारण उपभोक्ताको घरमा भने यसले कुनै पनि असर नपार्ने घिसिङले स्पष्ट गरे ।

‘भारतमा कोइलाको अभावले विद्युत् महंगिएपछि आधा उद्योग बन्द छन्, चीनमा पनि केही हप्ताअघिसम्म यस्तै अवस्था थियो,’ उनी भन्छन्, ’हामी सकेसम्म विद्युत आपूर्ति गरेर त्यस्तो संकट आउन दिँदैनौं, यो समस्यासँग सबै मिलेर लड्नुपर्छ ।’

रुस र युक्रेनको लडाइँपछि भारतमा कोइलाको चर्को अभाव छ । कोइलाको अभावका कारण विद्युत् उत्पादन मंहगिएपछि लामो समयका लागि विद्युत खरिद समझौता गरेकाहरु पनि जरिवाना तिरेर प्रतिस्पर्धी बजारमै विद्युत बेचिरहेका छन् ।

नेपालले भारतको एनटीपीसी विद्युत व्यापार निगम –एनभीभीएनसँग १५० मेगावाट र पावर ट्रेड कर्पोरेसनसँग ७० मेगावाट बिजुली नियमत रुपमा किन्न सक्ने गरी सम्झौता गरेको छ । तर, एक महिनादेखि ती दुबै एजेन्सीले विद्युतको मूल्य महँगिएको भन्दै नेपाललाई विद्युत बेचेका छैनन् ।

एनभीभीएनले प्रतियुनिट ४.१२ र पीटीसीले ४.१६ रुपैयाँमा नेपाललाई विद्युत् बेचिरेका थिए । तर, भारतमा विद्युत् महंगिएपछि उनीहरुले बिजुली बेचेनन् ।

टनकपुरबाट दिने बिजुली समेत भारतले दिन छाडेको छ । विहारबाट समय–सयममा न्युन आयात मात्रै भइरहेको छ ।

वर्षायाम लागेपछि भने नेपालले ५ सय मेगााटसम्म बिजुली भारतमा निर्यात गर्नसक्ने अवस्था छ । तर, मुख्य सुक्खायाममै भारतमा बिजुली महँगिएर अभाव भएपछि प्राधिकरणले माग व्यवस्थापनका लागि उद्योगहीरुसँग सहयोग माग्न लागेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top