नेपालमा लोडसेडिङको छनक, उद्योगमा कटौती

१० चैत, विराटनगर । रुस र युक्रेनबीच जारी युद्धको प्रभाव नेपालसम्म आइपुगेको छ । युद्धलाई कारण देखाउदै छिमेकी देश भारतले नेपाललाई दिने बिजुलीको अस्वभाविक मूल्य बढाएपछि नेपालमा जलस्रोतको धनी देश नेपालमा विद्युत संकट देखिएको हो ।

नेपालले भारतसँग प्रतियुनिट ४ देखि ८ रुपैयाँमा विजुली किन्ने गर्थ्यो । तर, अहिले एकैपटक २० रुपैयाँ पुर्याएको प्राधिकरणको भनाइ छ । नेपालले महंगो मूल्य तिर्न तयार भए पनि भारतले बिजुली दिन अस्वीकार गरेको छ ।

भारतमा ऊर्जाको माग अत्यधिक बढेको तर उत्पादन घटेको कारण उसको ऊर्जा बजारमा बिजुलीको भाउ मंगलबार र बुधबार प्रतियुनिट भारु २० रुपैयाँ र औसत प्रतियुनिट भारु ११.२३ पुगेपछि प्राधिकरणले आयात घटाएको हो । यी दरमा पनि प्रसारण शुल्क प्रतियुनिट एक रुपैयाँ, चुहावट प्रतियुनिट ४.९४ पैसा (१५ प्रतिशतका दरले) समेत जोड्दा एक युनिट बिजुलीको ३७ रुपैयाँ ९५ पैसा पर्न जान्छ ।

Advertisement

भारतको इनर्जी एक्सचेञ्ज (आईईएक्स) बाट खरिद गरेर ल्याएको बिजुली नेपालमा बेच्दा प्राधिकरणलाई प्रतियुनिट २७ रुपैयाँभन्दा बढी घाटा पर्छ ।

नेपालले मंगलबार १० रुपैयाँ भारु थपेर ९४ वटा ब्लकमा विद्युत खरिद गर्न आवेदन दिएको थियो । तर मागेका ब्लकहरु मध्ये केही थोरै ब्लक मात्रै भारतले दियो । महंगोमा खरिद गर्न खोज्दा पनि भारतले विद्युत् नदिएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

Advertisement

भारतसँग पर्याप्त विद्युत् खरिद गर्न नसक्दा नेपालको उद्योगहरुलाई दिइने विद्युत पनि कटौती गरिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा ९४ वटा ब्लकबाट विद्युत आउने गरेको बताएका छन् ।

उनले भने, ‘युक्रेन र रुसको युद्धको कारण विश्व बजारमा नै हिजोबाट एक्कासी विजुलीको मूल्यवृद्धि भएको हो । हामीले प्रतियुनिट ३ भारुदेखि धेरैमा २० भारुमा विद्युत खरिद गर्ने गरेका छौं । त्योभन्दा धेरै पैसा तिरेर विद्युत किनेको छैन । ‘विहान र दिउँसो अहिले पनि केही समस्या छैन । साँझको बेला पनि उद्योगलाई आलोपालो दिएर पनि सर्वसाधरणलाई निरन्तर आपूर्ति गरिरहेका छौं,’ उनले बताएका छन् ।

पिक आवरमा कुलेखानी लगायतका आयोजनाहरु पनि पूर्ण क्षमतामा सञ्चालन गरेर विद्युतको माग पुरा गर्न सकिने घिसिङको भनाइ छ । विश्व बजारमा पेट्रोलियम पदार्थ र कोइलाको मूल्यवृद्धिपछि भारतीय बजारमा बिजुलीको मूल्यवृद्धि भएको हो । भारतीय जलविद्युत् र तापीय ऊर्जा उत्पादन दुबै घटेको छ ।

रुस–युक्रेन युद्धअघि नै आकासिएको कोइलाको मूल्यका कारण गत अक्टोबरमै भारतमा ऊर्जा संकट सुरु भइसकेको थियो । त्यसमाथि रुस–युक्रेन युद्धले भारतमा कोइलाको आपूर्ति उल्लेखनीय रुपमा घटेको छ ।

विश्वमा चीनपछि सबैभन्दा धेरै कोइला आयात गर्ने देश भारत हो । भारतमा ऊर्जा अभाव बढेसँगै नेपालमा पनि भयावह ऊर्जा संकट देखापरेको छ ।

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुलाई आपूर्ति गर्दै आएको बिजुली कटौती सुरु गरे पनि औपचारिक घोषणा भने गरेको छैन । कुनै प्रमुख विद्युत गृह प्राविधिक कारणवश बन्द भएमा सार्वसाधरणको घरमा पनि लोडसेडिङ्ग हुन सक्छ । भारतबाट नेपालले करिब ४ सय मेगावाट विद्युत खरिद गरिरहेको छ । प्राधिकरणका अनुशार नेपालमा लोडसेडिङ हुन नदिन ४ सय मेगावाट विद्युत आयात जरुरी रहन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

सम्बन्धित समाचार

Scroll to Top