Nepal Times
Nepal Times
3
Shares

मौसम बद्लीः प्रदेश–१, वाग्मती र गण्डकीका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने सम्भावना

मौसम बद्लीः प्रदेश–१, वाग्मती र गण्डकीका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित पानी पर्ने सम्भावना

१५ चैत, काठमाडौँ । आज मौसम बद्ली भएको छ । आज प्रदेश–१, वाग्मती र गण्डकीमा मौसम पूर्णरुपमा बद्ली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती ठाउँका एक/दुई ठाउँमा बेलुकीपख मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

काठमाण्डौमा अहिले मौसम धुम्मिएको छ। मौसमविद् भट्टराईकाअनुसार काठमाण्डौमा वायुमण्डलको सतहमा बादल विकसित भएको छ ।

पानी नपर्दा र हावा नचल्दा मौसम धुम्मिएको मौसमविद् भट्टराईले बताए । त्यस्तै आज राति प्रदेश–१, वाग्मती र गण्डकीबाहेक अरु ठाउँको मौसम सफा रहने अनुमान छ ।

तराईमा गर्मी बढेकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्को आग्रह छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.