×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

रुस-युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदै

१५ चैत्र २०७८

१५ चैत, एजेन्सी । रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धविराम गराउने युक्रेनको चाहना छ ।

युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्नेमा युक्रेनका विदेशमन्त्री द्विमित्रो कुलेबाको जोड छ ।

Advertisement
Advertisement

हिजो मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका थिए । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्नेमा उनको जोड छ।

रुसका राष्ट्रपति र टर्कीका समकक्षीबीचको पछिल्लो टेलिफोन वार्तामा रूसी र युक्रेनी प्रतिनिधिमण्डल इस्तानबुलमा भेट्ने सहमति भएको थियो ।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलो पटक फेब्रुअरी २८ मा बेलारुसमा वार्ता भएको थियो ।

त्यस्तै बेलारुसमै दोस्रो चरणको वार्ता गएको मार्च ३ तारिख, तेस्रो चरणको ७ तारिख र चौथो चरणको वार्ता १४ तारिखमा भएको थियो ।

Advertisement
Advertisement

वार्तालाई निरन्तरता दिँदै उनीहरुले पाँचौँ चरणको वार्ता गर्न लागेका रुसी समाचार संस्था तासले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top