सिसडोलबासीको अवरोधले चार दिनदेखि फोहोर नउठ्दा उपत्यका दुर्गन्धित

२१ चैत, काठमाडौँ । काठमाण्डौ उपत्यका चार दिनदेखि फोहोर नउठ्दा दुर्गन्धित बन्न थालेको छ ।

पासाङल्हामु राजमार्ग कालोपत्र गर्न माग गर्दै स्थानीयबासीन्दाले गरेको अवरोधका कारण फोहोरका गाडी सिसडोलमा जान नसक्दा काठमाण्डौ उपत्यकाको फोहोर उठान नसकिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

सिसडोल पुग्ने सडकमा भएको अवरोधका कारण शुक्रवारदेखि नै काठमाण्डौको फोहोर उठेको छैन । यसअघि मंसिर र फागुनमा पनि सिसडोलका बासिन्दाले अवरोध गर्दा काठमाण्डौमा लामो समय फोहोर थुप्रिएको थियो ।

सडक तत्कालै कालोपत्र गर्ने सहमति भएपछि अवरोध हटेको भए पनि कालोपत्र गर्ने काम शुरु नभएको भन्दै स्थानीयले फेरि अवरोध गरेका हुन् ।

आफूहरुले सडक कालोपत्रको काम तत्काल शुरु गर्न ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई दवाब दिइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता इश्वरमान् डङ्गोलले जानकारी दिए ।

उनले अहिले फोहोर उठान समस्या रहेकोले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि केही दिन सडकमा नल्याउन आग्रह गरे । काठमाण्डौ उपत्यकामा एकै दिन एक हजार दुई सय टन भन्दा धेरै फोहोर उत्पादन हुन्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top