Nepal Times
Nepal Times
3
Shares

पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दसँगको सम्झौता रद्द

पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दसँगको सम्झौता रद्द

२१ चैत, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल आनन्द प्रा.लि.सँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ ।

कोष र होटेल आनन्द प्रा.लि.काबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्दले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना निकालेर जनाएको छ ।

तिलगङ्गामा रहेको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेपछि कोषले सार्वजनिक सूचना निकालेर सम्झौता रद्द गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । तर,बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना नै निकालेको हो ।

परिषद्ले होटल आनन्द प्रा.लि.का सञ्चालक आनन्द बतास र प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालिएको छ ।

पशुपति क्षेत्र विकास कोष र होटल आनन्द प्रा.लि.का बीचमा नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्ने बारेमा सम्झौता भएकोमा भाडामा लिने पक्ष आनन्द होटल प्रा.लि.ले सम्झौतामा लेखिएको विभिन्न सर्तहरू पालना नगरेको सूचनामा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.