Nepal Times
Nepal Times
3
Shares

मौसममा सुधारः पहाडी क्षेत्रमा बेलुका मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

मौसममा सुधारः पहाडी क्षेत्रमा बेलुका मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

२१ चैत, काठमाडौँ । काठमाडौँ उपत्यकासहित पडाही क्षेत्रको मौसम सुधार हुन थालेको छ ।

हिजो अस्ति यतिबेला काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने गरेको थियो ।

आज भने मौसम आंशिक मात्रै बद्ली भएको र बिहानैदेखि घाम लागेको छ ।

मौसमविद् हिरा भट्टराईकाअनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव कमजोर बन्दै गएकाले मौसममा सुधार हुन थालेको हो ।

यो प्रणालीको प्रभाव हट्दै जाने भएकाले दिउँसोदेखि मौसम पूर्ण रुपमा खुल्ने पनि उनले बताए ।

यस्तै, आज बेलुका पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका एक दुई ठाउँमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रि मनसुनको समय भएकाले पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षको सम्भावना रहेको मौसमविदको भनाई छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.