Nepal Times
Nepal Times
3
Shares

नेपालले पीएनजीलाई दियो १ सय ६९ रनको लक्ष्य

नेपालले पीएनजीलाई दियो १ सय ६९ रनको लक्ष्य

काठमाडौं, २१ चैत । त्रिदेशीय टी–२० शृङखलाको फाइनल खेलमा नेपालले उपाधिकालागि पुपुवा न्यूगिनी (पीएनजी) लाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारे पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको छ ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट प्रदर्शन गरे । दिपेन्द्रले ३८ बलमा ५ चौका सहित सर्वाधिक ५४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले ।

मध्यक्रम धर्मराएको बेला क्रिजमा आएका करणले १२ बलमा ५ चौका र एक छक्कासहित ३३ रन जोडे ।

ओपनर कुशल भुर्तेल २५ रन, आसिफ शेख २९ रन, रोहित पौडेल २ रनमा आउट भए । आदिल अलाम १५ रनमा पभेलियन फिर्किएका थिए ।

पीएनजीको बलिङमा सिमो कामियाले सर्वाधिक तीन विकेट लिए । चाड सोपेर, काबुवा मोएरा र रिले हिकुरेले समान एक विकेट लिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.