×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालले जित्यो टी-२० शृङ्खलाको उपाधि

२१ चैत्र २०७८

काठमाडौं, २१ चैत । दीपेन्द्रसिंह ऐरीकाे उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका लागि एक हजार रन पूरा गरेको दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले ।

Advertisement
Advertisement

दीपेन्द्रले ब्याटिङतर्फ अविजित अर्धसतकीय इनिङ खेल्दै बलिङतर्फ चार ओभरमा १८ रन खर्चिदै दै सर्वाधिक चार विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । उनले चार ओभरमा २५ रन खर्चिएका थिए ।

करण केसीले ३ ओभमा २७ रन खर्चिदै तीन विकेट लिए ।

१६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो । पीएनजीको ब्याटिङमा सेसे बाउले ५९ रनको उत्कृष्ट इनिङ खेलेका थिए । उनले ३८ बल खेल्दै १ चौका र ६ छक्का प्रहार गरे ।

चाल्र्स अमिनी १५ रन बनाएर आउट हुँदा अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । यसअघि, पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट प्रदर्शन गरे । दीपेन्द्रले ३८ बलमा ५ चौका सहित सर्वाधिक ५४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलका थिए । मध्य क्रम धर्मराएको बेला क्रिजमा आएका करणले १२ बलमा ५ चौका र एक छक्कासहित ३३ रन जोडे । जसको सहयोगमा नेपालले बलियो स्कोर बनाएको थियो ।

Advertisement

ओपनर कुशल भुर्तेल २५ रन, आसिफ शेख २९ रन, रोहित पौडेल २ रनमा आउट भए । आदिल अलाम १५ रनमा पभेलियन फिर्किएका थिए । पीएनजीको बलिङमा सिमो कामियाले सर्वाधिक तीन विकेट लिए । चाड सोपेर, काबुवा मोएरा र रिले हिकुरेले समान एक विकेट लिए । मलेसिया सम्मिलित शृङखलामा अपराजित रहँदै नेपालले उपाधि जितेको हो । यो सन्दीप लामिछानेको कप्तानीमा नेपाले जितेको पहिलो उपाधि हो ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top