सत्ता गठबन्धनको निर्णयः रामचन्द्र पैडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

२१ चैत ७८, मंगलबार

काठमाडौं, २२ चैत । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

Advertisement

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरिएकाे हाे । समितिमा पाँचै दलबाट सदस्य पठाउने दलहरूबीच सहमति भएको छ ।

Advertisement

बैठकले तल्लो तहबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीबारे निर्णय गर्ने समझदारी बनेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रीफिङ गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top