प्रदेश खेलकुद बोर्डका उपाध्यक्ष र सदस्यसचिवले लिए सपथ

२१ चैत ७८, मंगलबार

२२ चैत्र, विराटनगर ।

प्रदेश १ खेलकुद विकास बोर्डका नवनियुक्त पदाधिकारीहरुले सपथ लिएका छन् ।

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त विराटनगरकी जीनाजंग कार्की र सदस्य सचिव ओखलढुंगाका हंशराज वाग्लेले आज सामाजिक विकास मन्त्रालयमा सपथ लिएका हुन् ।

प्रदेश नंं. १का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्षमा कार्कीसहित सदस्य सचिवमा वाग्लेलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको भन्दै प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेयाङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई बर्खास्त गरेको थियो ।

सरकारलाई असहयोग गरेको, खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै उनीहरुलाई हटाएको हो । सोमबारको मन्त्रीपरिषद बैठकले मेयाङ्बो र बस्नेतलाई पदमुक्त गरेको हो । उनीहरुलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले गएको असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष , सदस्यसचिव र सदस्यहरु नियुक्त गरेका थिए ।

प्रदेश खेलकुद ऐन अनुसार बोर्ड पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।

 

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top