Nepal Times
Nepal Times
3
Shares

प्रदेश खेलकुद बोर्डका उपाध्यक्ष र सदस्यसचिवले लिए सपथ

प्रदेश खेलकुद बोर्डका उपाध्यक्ष र सदस्यसचिवले लिए सपथ

२२ चैत्र, विराटनगर ।

प्रदेश १ खेलकुद विकास बोर्डका नवनियुक्त पदाधिकारीहरुले सपथ लिएका छन् ।

प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त विराटनगरकी जीनाजंग कार्की र सदस्य सचिव ओखलढुंगाका हंशराज वाग्लेले आज सामाजिक विकास मन्त्रालयमा सपथ लिएका हुन् ।

प्रदेश नंं. १का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्षमा कार्कीसहित सदस्य सचिवमा वाग्लेलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको भन्दै प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेयाङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई बर्खास्त गरेको थियो ।

सरकारलाई असहयोग गरेको, खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै उनीहरुलाई हटाएको हो । सोमबारको मन्त्रीपरिषद बैठकले मेयाङ्बो र बस्नेतलाई पदमुक्त गरेको हो । उनीहरुलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले गएको असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष , सदस्यसचिव र सदस्यहरु नियुक्त गरेका थिए ।

प्रदेश खेलकुद ऐन अनुसार बोर्ड पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।

 

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.