अमेरिकाले युक्रेनलाई थप १० करोड डलर बराबरको सैन्य सहयोग गर्ने

Share this
726shares

२३ चैत, एजेन्सी । अमेरिकाले युक्रेनलाई थप १० करोड डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेको छ।

Advertisement

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिन्केनले युक्रेनलाई रूसी आक्रमण सामना गर्न थप १० करोड डलर बराबरको सैन्य सहयोग गर्ने घोषणा गरेका हुन्।

अमेरिकाबाहेक चेक रिपब्लिकले पनि युक्रेनलाई युद्वका लागि आवश्यक हतियार पठाउने भएको छ। यो सँगै चेक रिपब्लिक युक्रेनमा हतियार पठाउने पहिलो युरोपियन मुलुक भएको छ।

Advertisement

सोभियत निर्मित पाँच वटा टी–७२ ट्याङ्क र पाँच वटा बिवीपी–१ युद्व विमान युक्रेन पठाएको वरिष्ठ चेक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई जानकारी दिएका छन्।

यसैबीच रूसी फौजले युक्रेनको बुचा नगरमा युद्व अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली संघले मस्कोविरूद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन्।

Advertisement

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top