×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

विनोध चौधरी विश्व धनाढ्यको सूचीमा १९२९ औं नम्बरमा, चौधरीको कुल सम्पत्ति डेढ अर्ब डलर

२३ चैत्र २०७८

२३ चैत, काठमाडौँ । नेपालका अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेको छ । गएराति फोर्ब्सले सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९ औं नम्बरमा परेका छन् ।

फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ। उनको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको भनिएको छ ।

Advertisement
Advertisement

६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ। वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ। इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ।

सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा समेत उनको लगानी छ ।

चौधरीका छोराहरु निर्वाण नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सिजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले लेखेको छ।

सन् २०१३ मा एक बिलियन डलर सम्पती रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा १.३ बिलियन डलर र २०१६ मा घटेर पुन १.१ बिलियन डलर पुगेको थियो।

यस्तै सन् २०१७ मा बढेर पुन १.३ बिलियन डलर रहेको उनको सम्पती सन् २०१८ मा १.५ बिलियन डलर र सन् २०१९ मा १.७ बिलियन डलर पुगेको थियो।

Advertisement
Advertisement

त्यसपछि सन् २०२० मा घटेको उनको सम्पती १.४ बिलियन डलर पुग्यो। २०२१ मा स्थिर रहेको उनको सम्पती पुन अहिले बढेर १.५ बिलियन डलर पुगेको हो।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top