अस्ट्रेलियाले यस वर्षको बजेटमार्फत नेपाललाई २ अर्ब ८० करोड सहयोग बजेट दिने

२३ चैत, काठमाडौँ । अस्ट्रेलिया सरकारले यस वर्षको बजेटमार्फत नेपाललाई ३१.१ मिलियन डलर अर्थात करिब २ अर्ब ८० करोड रूपैयाँ सहयोग बजेट छुट्टयाएको छ ।

Advertisement

नियमित रूपमा अस्ट्रेलियाले विकासोन्मुख देशलाई दिने यो सहयोग नेपालको सन्दर्भमा भने गत वर्षको तुलनामा केही बढी हो।
अस्ट्रेलियाका अर्थमन्त्री जोस फ्रयाडनबर्गद्वारा यसै साता प्रस्तुत बजेटमा नेपालले पाउने सहयोग गत वर्षको तुलनामा १५ लाख डलर बढी घोषणा गरेका हुन्।

अस्ट्रेलियन सरकारको यस वर्षको नयाँ बजेट अनुरूप नेपालले द्धिपक्षीय कार्यक्रम अन्तर्गत ९.१ मिलियन डलर र प्रत्यक्ष सहायता कार्यक्रम अन्तर्गत २२ मिलियन डलर बिनियोजन गरिएको छ।

Advertisement

अस्ट्रेलियाद्वारा दिने भनिएको द्धिपक्षीय बिनियोजन सहयोग गत वर्षको तुलना अनुरूप रहेको छ भने सहायता कार्यक्रम अन्तर्गत दिने रकममा भने केही वृद्धि गरिएको हो। गत वर्ष अस्ट्रेलियाको बजेटमा नेपाललाई २०.५ मिलियन डलर सहयोग रकम छुट्टाइएको थियो।

अस्ट्रेलिया र नेपालबीचको ६० वर्षभन्दा लामो द्धिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा नेपालको स्वास्थ्य सुरक्षा, स्थिरता, आर्थिक सुधारलगायत क्षेत्रमा दुई देश मिलेर काम गर्ने समेत बजेटमा उल्लेख गरिएको छ।

Advertisement

अस्ट्रेलियाले आफ्नो बजेटमा यस पटक १ अर्ब १५ करोड डलर दक्षिणपूर्वी एसियामा सहयोग दिने घोषणा गरेको छ।

यस क्षेत्रका देशमध्ये भुटान र माल्दिभ्सलाई गत वर्षभन्दा दिइने सहयोग रकम आंशिक रूपमा कम गरिए पनि अन्य देशको सहयोग रकम बढाइएको छ।

अस्ट्रेलियाले सबैभन्दा बढी बंगलादेशलाई करिब १५ करोड डलर सहयोग दिने जनाएको छ भने सबैभन्दा कम माल्दिभ्सलाई २० लाख डलर दिने उल्लेख गरेको छ।

अस्ट्रेलियाले नेपाललाई दिने सुविधा अस एडलगायत विविध परियोजना अन्तर्गत समेत खर्च गर्दै आएको छ।

भर्खरै अस्ट्रेलिया आइपुगेका कार्यबाहक नेपाली राजदूत कुल बहादुर मगरले यस वर्षको बजेटमा अस्ट्रेलियन सहयोगमा बृद्धि हुनु निकै महत्वपूर्ण विषय भएको बताए।

आफू भर्खरै अस्ट्रेलिया आइपुगेको भन्दै धेरै कुरामा आफू जानकार नभएको प्रतिक्रिया दिए।

सहयोग रकममा केही वृद्धि हुनु मुलुकका लागि हितकर भए पनि दुई देशबिचको पारस्परिक यति लामो कुटनीतिक सम्वन्धका हिसाबले यो त्यती ठूलो उपलब्धि नरहेको अस्ट्रेलियाका कानुनविद शमशेरसिंह थापाले बताए।

अर्कोतर्फ भने अस्ट्रेलियाका कयैन महत्वपूर्ण अवसरका बारेमा हाम्रो आधिकारीक निकायले चासो नदेखाएको उनले आरोप लगाए।

सानो तिनो आर्थिक सहयोगभन्दा मुलुकको विकास र विस्तारमा सहयोगी हुने कयैन अवसरलाई पछयाउन सके यसले दिर्घकालीन रुपमा नेपाललाई फाइदा पुग्ने थापाको भनाइ छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top