सरकारले पुँजीगत खर्च गर्न सकेन :पूर्वअर्थमन्त्री महत

२३ चैत ७८, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् ।

Advertisement

रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका हुन् ।

अनुपयुक्त रूपमा नेपालमा बजेट धेरै ठूलो घोषणा गर्ने काम भएको भन्दै महतले टिप्पणी गरे । चालु आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गएको ७ महिनाको रिपोर्ट हेर्दा जम्मा ५ खर्बमात्रै खर्च भएको तथ्यांक रहेको उनले बताए ।

Advertisement

महतले विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स पनि कम भएको र विकास आयोजनाहरुको सही तबरले कार्यान्वयन हुनुपर्नेमा जोड दिए । आर्थिक विकासको लागि आर्थिक वृद्धिद्धर बढाउनुपर्ने उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top