विराटनगरको मेयरका लागि एमालेबाट पाँच जनाको नाम सिफारिस

२६ चैत ७८, आइतबार

विराटनगर, २७ चैत । आगामी ३० वैशाखमा हुने स्थानीयतहको निर्वाचनमा विराटनगरको मेयर पदमा उम्मेदवार बन्न नेकपा (एमाले) बाट पाँच जना आकांक्षी देखिएका छन् ।

विराटनगर महानगरको मेयर पदको उम्मेदवार वन्न विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्यहरु पशुराम बस्नेत, महेश भट्टराई र केन्द्रीय सदस्य रामलाल साहले दावेदारी प्रस्तुत गरेका हुन् । उम्मेदवार सिफारिस गर्न बसेको महानगर कमिटीको बैठकमा पाँच जनाले आकांक्षा देखाएपछि सर्वसम्मत हुन सकेन ।

धेरैले आकांक्षा देखाएका कारण सर्वसम्मत हुन नसकेपछि पाँचै जनाको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने निर्णय गरिएको एमाले विराटनगर महानगर कमिटी अध्यक्ष थापाले जानकारी दिए ।

उनका अनुसार उपप्रमुखको उम्मेदवारमा पनि तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल र अन्जु उपाध्यय ले दावेदारी प्रस्तुत गरेपछि जीनै जनाको नाम सिफारिस गरिएको अध्यक्ष थापाले बताए ।

मेयर र उपमेयरमा एक÷एक जनाको जना मात्र सिफारिस गर्ने योजना रहेपनि सर्वसम्मत हुन नसकेपछि आकांक्षी सवैको नाम जिल्ला कमिटीलाई पठाइएको अध्यक्ष थापाले जानकारी दिए ।

महानगर कमिटीको बैठकले तीन वटा वडाको सर्वसम्मत उम्मेदवार छनौट गरेको छ । विराटनगर–१० मा अर्जुन गिरी, वडा नम्बर–११ मा तिर्थेन्द्र न्यौपाने र १९ नम्बर वडामा श्याम घिमिरेलाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

ती वडामा वडा सदस्यका उम्मेदवारहरु पनि सर्वसम्मत छनौट भएको महानगर कमिटी अध्यक्ष थापाले बताए । अन्य वडाको पनि केही दिनभित्र सर्वसम्मत उम्मेदवार टुंगो लगाइने अध्यक्ष थापाले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top