हस्तक्षेप नभए नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन : उपाध्यक्ष पैडेल

२६ चैत ७८, आइतबार

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएको छ ।

Advertisement

अर्थतन्त्रबारे धारणा सार्वजनिक गर्न आयोजित आकस्मिक पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आफूले ल्याएको लोकप्रिय बजेटलाई असफल पार्न ल्याइएको प्रतिस्थापन बिधेयकका कारण देश गम्भीर संकटमा फस्दै आएको बताए ।

पौडेलले सरकारका नीति नै आर्थिक संकटतर्फ लैजाने खालको रहेको भन्दै प्रधानमन्त्री वा मन्त्रीले श्रीलंका बन्न दिन्नौं भन्दैमा पत्याउने अवस्था नरहेको बताए । पूर्वअर्थमन्त्री पौडेलले आफूहरूले सरकार छाडेपछिको ९ महिनामा मुलुकको अर्थतन्त्र कुनै व्यक्तिको गलत नीति र सनकका कारण तहसनहस भएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top