एकीकृत समाजवादीले स्थानीय तहका सबै पदमा नाम माग्ने

२६ चैत ७८, आइतबार

काठमाडौं, २७ चैत । नेकपा एकीकृत समाजवादीले स्थानीय तह चुनावका लागि सबै स्थानीय तहबाट उम्मेदवारको नाम माग्ने भएको छ ।

Advertisement

पार्टीको २०औँ केन्द्रीय सचिवालय बैठकले आगामी २० वैशाखमा हुने स्थानीय तह चुनावका लागि सबै स्थानीय तहबाट पार्टीको तर्फबाट उम्मेदवारको नाम माग्ने निर्णय गरेको हो ।

तर, उम्मेदवारी भने गठबन्धनबाट आफ्नो भागमा परेको स्थानीय तहबाट मात्र दिने भएको हो । गठबन्धन गर्दा आफ्नो भागमा परेको स्थानीय तहबाट मात्र उम्मेदवारी दिने निर्णय पार्टीको सचिवालय बैठकले गरेको हो ।

Advertisement

‘गठबन्धन गर्दा हामीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गरिनेछ, अन्य दललाई परेका स्थानमा हाम्रा उम्मेदवार रहने छैनन्,’ पार्टी सचिवालय बैठकको निर्णयमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top