कांग्रेसबाट निर्वाचित वडाअध्यक्षसहित दुई सयजना एमालेमा प्रवेश

२७ चैत ७८, सोमबार

रुपन्देही । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित रुपन्देहीको गैडहवा गाउँपालिका– १ का वडाअध्यक्ष प्रदीपकुमार चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

नेता चौधरीको नेतृत्वमा दुई सय जना कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको एमाले रुपन्देहीका जिल्ला सदस्य सन्दिप गुप्ताले बताए । त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)लगायत विभिन्न परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको गुप्ताले जानकारी दिए । उनले गैडहवा एमालेको बलियो आधार क्षेत्र बन्दै गएको दाबी गरे ।

एमाले गैडहवा गाउँपालिका कमिटीको आयोजनामा भएको स्थानीय निर्वाचन परिचालन कमिटी प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले पार्टीमा स्वागत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top